
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्।

महिला चार सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन्। उनले सात दोबाटोस्थित हिटिङ पौडी पोखरीमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
बिज्ञापन



यसअघि उनले १३ औं सागमा दुई स्वर्ण तथा एक–एक रजत र कास्य जितिसकेकी छन्। पहिलो स्वर्ण उनले दुई मिटर फ्रिस्टाइल र दोस्रो स्वर्ण दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धामा जितेकी हुन्।
यो सँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ४४ पुगेको छ। अन्नपूर्ण पोस्ट बाट साभार
