राजपामा अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवलाई | OmkarTimes.com

काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी आजदेखि राजकिशोर यादवले पाउनुभएको छ ।

 

बिज्ञापन

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा बसेको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

 

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी पाउनुभएको राजपाका संयोजक अनिलकुमार झाले जानकारी दिनुभएको छ । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।

 

राजपामा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शतरसिंह भण्डारी अध्यक्ष मण्डलमा रहनु भएको छ ।