भारतीय महिला मन्त्री स्मृति ईरानीको संसद भित्रै अपमान

एजेन्सी । महिला सुरक्षा र मर्यादाको विषयमा तीनचार दिनदेखि भारतीय संसद  भित्र (लोकसभा) चर्को बहस भैरहेको देखिन्छ । तर शुक्रबार तिनै महिलाको अपमान भएको छ ।

 

बिज्ञापन

लोकसभामा चर्को वातावरणको बीचमा केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति ईरानी सोही विषयमा जवाफ दिन तयार भैरहाँदा दुई काँग्रेसी सांसदले यस्तो कार्य गरे जसले संसदको कार्यवाही नै स्थगित गर्नुपर्‍यो ।

सदनमा महिला मन्त्रीको अपमान

वास्तवमा केरलाबाट जितेका सांसदहरु टीएन प्रतापन र डीन कुरियाकोसे महिला मन्त्री इरानीको उग्र रुपमा विरोध गरेका थिए । भाजपा सदस्यहरूले यसलाई महिला मन्त्रीको अपमान भएको भन्दै माफी माग्न माग गरेका छन् ।

 

केन्द्रीय संसदीय कार्यमन्त्री प्रल्हाद पटेलले ती दुई सांसदहरुले तत्काल माफी माग्नुपर्ने भन्दै लोकसभा अध्यक्षलाई दबाब दिएका थिए । उनले यदि ती दुवै सदस्यहरुले सदनभित्र माफी नमागे उनीहरूलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।