
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाचेको खबरले अहिले मुलुक तातीरहेको छ । पूर्वराजाले समान्य नागिरक झै नागरिक अधिकारको उपयाेग गर्दा सकारात्मक प्रतिक्रिया नै पाएका छन् ।

ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएका छन्। त्यसलाइ नै मिडियाहरूले खुराक बनाइरहेका छन् ।



भिडियो तथा फोटोमा ज्ञानेन्द्र कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाचेको देखिएको छ। पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी छन्।

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ। शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारीलगायतका नायिका पनि क्लबमा देखिएका थिए। उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।