बुद्धशान्तिमा एकजनाको करेन्ट लागेर मृत्यु

दमक / खेतमा रोपाइँ गर्न मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बुद्धशान्तिमा एकजनाको मृत्यु भएको छ ।

आईतबार साँझ ७ बजे बुद्धशान्ति वडा नं ३ सयपत्री टोल बस्ने ३९ वर्षीय रोशन जिमीले आफ्नै खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेको थियो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बिज्ञापन

मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।