
दमक / झापाको दमक–४ स्थित भट्टराई प्रतिष्ठानका कार्यालय सचिवले झुन्डिएर आत्महत्या गरेका छन्। ५३ वर्षीय दिपेन्द्र भट्टराईले आइतबार दिउँसो ४ बजे प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा नाइलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन्।

उनी सोही स्थानका स्थायी बासिन्दा हुन्। आत्महत्या गरेको अवस्थामा भेटिएपछि सोही प्रतिष्ठानमा कार्यरत शिवसताक्षी–२ घर भएका ४६ वर्षीय टिकाराम भट्टराईले तत्काल अस्थायी प्रहरी पोष्ट ताराबारीमा खबर गरेका थिए।
बिज्ञापन



प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने आत्महत्या गर्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी शव पोष्टमार्टमका लागि मेचीनगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
