
दमक / उदयपुरमा जेसीबी पल्टिँदा जेसीबी चालकका छोराको किचेर मृत्यु भएको छ ।

शनिबार साँझ कटारी –८ दमारस्थित सिद्धिचरण लोकमार्गमा को १ क २७९५ नम्वरको जेसीबी अनियन्त्रित भई सडक छेउबाट खसेर दुर्घटना भएको हो ।
बिज्ञापन



दुर्घटनामा जेसीबी चालक कटारी–१० सोरुङ सल्ले बस्ने खड्गबहादुर श्रेष्ठका छोरा २२ वर्षीय नवीन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । जेसीबीको चक्काले उनको ढाडमा किचेको थियो ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कटारी पठाइएको प्रहरीले जनाएको छ ।