पलका समर्थकलाई रेखाले भनिन्, ‘हिम्मत छ भने अदालत बन्द गराइदिनुस्’

काठमाडौं । अभिनेत्री रेखा थापाले अभिनेता पल साहका समर्थकलाई चुनौति दिँदै खरो टिप्पणी गरेकी छन् । महिला दिवसको सन्दर्भमा मंगलबार आयोजित सडक बहस कार्यक्रममा उनले अभिनेता पल साहका सामर्थकलाई हिम्मत भए अदालत बन्द गराउन चुनौति दिएकी छन् ।

थापाले पल शाह प्रकरणमा ब्यक्ति व्यक्तिले आफूखुसी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेको बताइन् । ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्,’ उनले भनिन् ।

बिज्ञापन

‘नाबालिग गायिका संरक्षण गर्ने दाइत्व हाम्रो समाजको हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो’, उनले अगाडि थपिन् ‘त्यसले हामी अझै सतिप्रथामा छौं कि क्याहो जस्तो महसुस भयो।’

राजनीतिक हिसावले उपस्थित र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा महिलामा परिवर्तन नआउने थापाले बताएकी छन् । महिलाहरूमा परिवर्तन आउन चेतनाको स्तर वृद्धि हुनुपर्ने उनले बताइन्।

उनले हिंसामा परेर बाहिर निस्केको मानिसलाई तै खराब भन्ने प्रवृत्ति रहेको बताउँदै प्रश्न गरिन्, ‘जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्न होला त ?

प्रतिक्रिया दिनुहोस्