मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

दमक / मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

काठमाडौँको तारकेश्वर नगरपालिका-३ पाँचमानेमा गएराति  बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तारकेश्वर नगरपालिका-८ भेटघाट चोक निवासी ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ।

बिज्ञापन

मोटरसाइकल चालक नवीन घिमिरेलाई प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ। सडकमा पैदल हिँडिरहेको बेला आचार्यलाई मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि ग्राण्डी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।