
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता तथा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । उक्त बैठक आज दिउँसो १ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (सोमबार) विश्वासको मत लिँदै छन् । त्यहीबारे छलफल तथा परामर्शका लागि सभामुख सापकोटाले परामर्श समितिको बैठक डाकेको सल्लाहकार न्यौपानेको भनाइ छ ।
बिज्ञापन



