इलाममा यौन दुर्व्यवहार आरोपमा बिद्यालय सञ्चालक पक्राउ 

दमक / इलाममा यौन दुर्व्यवहार आरोपमा बिद्यालय सञ्चालक पक्राउ

इलामको माई नगरपालिका–२ स्थित हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक ५२ वर्षीय खेमराज ढकाल विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। कक्षा ६ र ७ की छात्राहरूमाथि प्रलोभन र डर देखाई दुर्व्यवहार गरेको उजुरीपछि प्रहरी चौकी लोदिया दानाबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पक्राउपछि करिब सयजना पीडित पक्ष प्रहरी चौकी पुगेर कालोमोसो दल्नुपर्ने माग गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि थप प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार ढकालमाथि अनुसन्धान अघि बढाइएको छ।