
दमक / भारतबाट ब्राउनसुगर लुकाएर ल्याउने दुई युवा काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

शनिबार साँझ ५ बजे नेपाल र भारतको सीमा क्षेत्र काँकडभिट्टाको पुरानो मेची पुलमा सिटी सफारीमा आउँदै गरेका कनकाई वडा नं.३ बस्ने २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङ वडा नं.४ बस्ने २० वर्षीय शिशिर लिम्बू रहेका छन्।
बिज्ञापन



विश्वकर्माको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम र लिम्बूको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

दुवैलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।