
दमक / मोरङमा ट्रयाक्टर र मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मोरङ सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौकस्थित सिजुवा– बिराटनगर हुलाकी सडकखण्डमा बिहिबार राती झपडतलबाट डाइनियातर्फ जाँदै गरेको को.१ त.६१९१ नं. को ट्रयाक्टरको पछाडिबाट सोहि दिशातर्फ जाँदै गरेको प्रदेश१–०२–०४५ प ९१६३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
बिज्ञापन



उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई ३ चौकीघाट बस्ने ४३ वर्षीय ढक्कुलाल गनगाई घाइते भई रंगेली अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रयाक्टर चालक सुनबर्षी ९ बिर्ता बस्ने २९ वर्षीय राजकुमार ऋषिदेबलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।