
दमक / झापाको भद्रपुरमा पैसा माग्दा नदिएपछि रिसको आवेगमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् ।

बिहीबार बिहान भद्रपुर नगरपालिका १० बस्ने २७ वर्षीय महेश सुबेदीले आफ्नै हजुरआमालाइ पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
बिज्ञापन



घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
