
आज ३ चैत बिहीबार, २०७८, तदनुसार मार्च महिनाको १७ तारिक। फागुनशुक्लपक्ष चतुर्दशी तिथि, पूर्णिमा व्रत(पहाडी जिल्लामा होली) रहेको छ। होलीको अवसरमा रातको समयमा होलीको चीरदाहा गरिन्छ । बणिज करण, पूर्वफाल्गुनी नक्षत्र, शुल योग, चन्द्रमा सिंह राशिमा रहेको छ। आज बिहान सूर्योदय ६ः१४ र सूर्यास्त १८ः१३ मा हुनेछ।

आज काठमाडौं उपत्यकामा होली पर्व मनाइन्छ। सरकारले सार्वजनिक बिदा समेत दिएको छ। चान्द्रमासअनुसार आज पूर्णिमा तिथि शुरु भएर भोलिसम्म रहन्छ। त्यसैले भोलि तराईमा होली पर्व मनाउने गरिन्छ । होली पर्व आज र भोलि दुवै दिन मनाउन सकिन्छ । शुक्रबार नैं पूर्णिमा हो । आजको ग्रहदेव बृहस्पति रहेको छ।



मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका व्यक्तिलाई मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चव्यक्तित्वबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा नयाँ काम गर्न मन लाग्नेछ । तपाईंले आजको दिन सुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । आजको दिन रचनात्मक कामको सुरुवात गर्न पनि सक्नुहुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै अध्यात्मयात्राबाट तपाइको लागि फाइदा हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा शुभ हुनेछ। तपाईंले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नु पर्नेछ। आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ। व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । चन्द्रमाको साथ रहेको हुनाले अध्ययन अध्यापनमा नयाँ अवसर प्राप्त हुनेछ। आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ । आजको दिन कुनै नयाँ पुस्तकको अध्ययन गर्दा रचनात्मक सोच बढ्नेछ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले हरेक विहीबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला। तपाईंलाई मनमा सन्तोष हुनेछ आज । पारिवारिक समस्या समाधान हुँदै जाने छ। आजका दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला। कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । यात्राको लागि शुभ हुनेछ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातकका लागि आजको दिन यात्राको लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ । तपाईमा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुमार र बालकलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । वृद्धहरूलाई भोजन गराउनु उत्तम हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : तपाईंले आज सूर्योदयको दर्शन गरेर दिनको कार्य सुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको सुरुवात समेत गर्न सक्नुहुनेछ । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै वेश हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईंको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । नियमित काममा ध्यान दिनुहोला । साथ सहयोग कसैको नहुँदा पनि तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईंको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईंले गरेको कामबाट खुसीयाली छाउने छ । आजको दिन कुनै आश्रयस्थलमा पुगेर बृद्धहरुलाई खानेकुरा दिनुभयो भने तपाईंको लागि निकै फाइदा हुनेछ । सत्कार्यले मन र वचन पवित्र हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । सकारात्मक सोच, आफनो नियमित काम र अध्ययन अनुसन्धानको कामको शुरुवातको लागि मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन शिवालयको दर्शनमात्रले तपाईंको मनमा हर्ष छाउनेछ । अध्ययन अध्यापनमा ध्यान दिनु उत्तम हुनेछ ।