ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दमक / चालकसहित ११ जना सवार  रहेकाे ट्याक्टर सुर्खेतमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार राती चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिका आउदै गरेकाे ट्याक्टर दुर्घटनामा परेको हो  । साे  घटनामा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

बिज्ञापन

दुर्घटना परि पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार ,  तीन जना गम्भीर घाइतेलाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको र  बाँकी ६ जनाको उपचार चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।