
दमक / झापागाउँपालिकामा मोटरसाइकल दुर्घटना हुदा १ जनाकाे मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् ।

झापा गाउँपालिका वडा न.४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा बिहान ११;३०मा मोटरसाइकल दुर्घटना भएको हो । झापा गाउँपालिका वडा न.४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा पन्थापाडाबाट झापा बजारतर्फ जाँदै गरेको अनटेस्ट अपाची मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
बिज्ञापन



दुर्घटना हुदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय ईनरुल अली , २२ वर्षीय साहिदुल हक र २१ वर्षीय सोहिल मिया घाइते भएका थिए ।

बीएण्डसी अस्पतालमा उपचारको क्रममा साहिदुल हककाे मृत्यु भएको हो । अन्य दुई जना घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।