
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन्।

सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशङ्काहरू हटेकाे थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
बिज्ञापन



‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशङ्का हटेको छ,’ उनले लेखेका छन् । ‘

अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,’ थापाले भनेका छन् ।