
दमक / साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ । पछिल्लो समय निरन्तर रूपमा घटिरहेको बजार सोमवार भने बढेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक २३.१९ अङ्क बढेर २६५३.०९ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.४४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.५५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अङ्कले बढेको छ।



कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको दिन आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा जलविद्युत उपसमूहको परिसूचक २.३५ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशत बढेको छ । लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर होटल तथा पर्यटन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।