नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको हो ।