
दमक / भारतबाट अवैध रूपमा भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल पर्साले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले शनिबार बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको अबस्थामा ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नस्ट गरेकाे हाे ।
बिज्ञापन



सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिएका छन् ।

पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।