मोरङमा ९४ तोला चाँदीसहित एक युवक पक्राउ

मोरङको  रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्मेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्राउ गरेको हो ।

बिज्ञापन

चाँदीसहित आवश्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।