चर्चित गायिका जेरुसा राई ‘सुसाइड नोट’ लेखेर बेपत्ता

काठमाडौं।  चर्चित गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा खोजतलासका लागि निवेदन दिएसँगै उनी बेपत्ता भएको खुलेको हो ।

राईलाई हालसम्म फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिक देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए । ३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

बिज्ञापन

राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।