
काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

प्रेसरमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरे ।
बिज्ञापन



संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रािखएको थियो । रातोपाटीबाट ।
