झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालनमा

२०७७ कार्तिक २३, आईतवार

झापा – झापाको दमक २ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्रका रुपमा आजदेखि सञ्चालनमा ल्याइएको छ ।

बिज्ञापन

दमक अस्पतालको मातहतमा रहने गरि कोभिड उपचार केन्द्र स्थापना गरिएको हो । सो केन्द्रको आज प्रदेश सभा सदस्य अर्जुन राईले औपारिक रुपमा उदघाटन गर्दै विश्वभर फैलिएको कोरोना महामारीसंग जुध्न सबै शक्ति एक ठाउमा उभिने बेला आएको बताए ।

सो उपचार केन्द्रबाट यहाका नागरिकहरुलाई भरपुर सेवा लिएर लाभ उठाउन उनले आग्रह गरे ।

अक्सिजन सहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छिन ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोभिड उपचार केन्द्रका रुपमा सो अस्पताल सञ्चालनमा आएको जानकारी गराउदै अस्पताललाई निरन्तर संचालन गर्न सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा समेत राखिएकी जनाएकी छिन ।