
काठमाण्डौं। अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा फर्किने भएका छन्। साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

उनले भने, अर्थमा जनार्दन शर्मा फर्किनुहुन्छ’, साँझ शपथ हुनेछ।’ बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले असार २२ मा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
बिज्ञापन



उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो। त्यसपछि शर्मालाई नै पुनस् अर्थमन्त्री पदमा फर्काउन लागिएको हो।
