
काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगी संक्रमण भएको छ । डेंगी पुष्टि भएपछि भण्डारीले साफ च्याम्पियनसीपमा आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् ।

पछिल्लो समय निकै फैलिरहेको डेंगीको संक्रमण भएर ज्वरो आएकोले सावित्रा आजको खेलमा अनुपस्थित रहने छिन ।



यस्तै राष्ट्रिय टोलीकै गोलकिपर प्रशिक्षक सुरज कुमार लामा पनि डेंगीबाट संक्रमित भएका छन् । दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगेका छन् ।