
ताप्लेजुङ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपा एमालेले ५ जनाको नाम सिफारिस गरेको छ । पार्टी सचिव योगेश भट्टराईसहित ५ जना उम्मेदवारको नाम सिफारिस गरेको हो।

प्रतिनिधि सभातर्फ सचिव भट्टराई, पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्वो, पासाङ शेर्पा, रामप्रसाद सुवेदी र टंक आङबुहाङ सिफारिस भएका छन्। भट्टराई केपी ओली प्रधानमन्त्री हुँदा माधवकुमार नेपालतिर लागेर सरकार ढाल्ने मध्येका एक हुन् । उनी पछि एमालेमै फर्किएका थिए ।



यस्तै प्रदेश सभा ‘क’ तर्फ पार्टीका जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, पूर्व जिल्ला अध्यक्ष तथा वर्तमान प्रदेश सांसद बलबहादुर साम्सोहाङ, अनन्तबहादुर साँवा, भरत गुरुङ, कुमार मादेन, हेमन्त उप्रेती, देउमान विष्ट, महेश गुरागाईं, गोपाल न्यौपाने, नर्वदा भण्डारी, सुनिता थापासहित ११ जना सिफारिस भएका छन्।

त्यस्तै, प्रदेश सभा ‘ख’ तर्फ मणिशंकर पोमु, गोपाल थोप्रा, चित्रगुप्त साँवा, होमकुमारी साँवा, त्रिवेणी चोङवाङ सिफारिस भएका छन्।प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना र प्रदेशतर्फको समानुपातिकका लागि १८ जना सिफारिस भएका छन्।