दशैँका लागि असाेज १ गतेदेखि बसकाे टिकट बुकिङ खुला हुने

काठमाण्डौ। दशैँका लागि आगामी असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाउने र यसका लागि पूर्वतयारीका काम सुरु गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए ।

बिज्ञापन

दशैँमा यात्रुलाई सास्ती नहोस् भनेर सडक विभागले मर्मत गर्ने, यात्रु र गाडीको सहजीकरणका लागि ट्राफिक प्रहरीले समन्वय गर्ने र भाडा पुनरावलोकनलगायतका विषयमा मन्त्रालय र विभागले पहल गर्ने पनि सहमति भएको छ ।