लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र छिटै फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भुमि भएको दोहोर्‍याउनुभएको छ ।

 

बिज्ञापन

प्रतिनिधिसभामा ओलीले नेपाली भुमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भुमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । अब लिम्पियाधुर र लिपुलेक र कालापानीको विषय अब ओझेलमा पार्न नदिने भन्दै उहाँले हाम्रो भुमि भारतले ओगटेर विवाद सृजना गर्न खोजेको बताउनुभयो ।

 

उहाँले अब छिटै नेपालको त्यो भूमि फिर्ता ल्याउने बताउनुभयो । यसको लागि कुटनितिक छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  यो तथाकथित राष्ट्रवाद देखाउन नगरिएको र आफ्नै भुमि फिर्ता  लिन निर्णय भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

 

संविधानको अनुसूची ३ मा भएको नक्सा र निशान छाप पनि सुधार गर्नुपर्ने भएकाले  संविधान संशोधन गर्ने उहाँले बताउनुभयो । यो अहिलेको जरुरी विषय भएकाले संविधान संशोधन हुने बताउनुभयो ।