
काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित आएको उक्त विधेयकलाई दफावार छलफल गर्न संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।
बिज्ञापन



उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पेश गरेका थिए ।प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको संसद सचिवालयले जनाएको छ ।
