
नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको आठौं दिन आज शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिंदै छ ।

माता महागौरीलाई शुद्धिको प्रतीक मानिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले शरिरमा कुनै दाग नभएको शुद्ध सफा वस्त्र धारण गरेकी छन् ।
बिज्ञापन



माता महागौरीले सदाशिवलाई समेत आशिर्वाद दिइरहेकी हुन्छिन् भन्ने धार्मिक महत्व छ । महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहित रुपमा चित्रण गरिएको छ ।
