सर्वोच्च अदालतद्धारा ८ कर्मचारीको बढुवा सिफारिस

काठमाडौं – सर्वोच्च अदालत तथा मातहतका अन्य अदालत तथा कार्यालयका ८ कर्मचारीको बढुवा भएको छ ।अदालतले आइतवार सूचना सार्वजनिक गर्दै ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको जनाएको हो ।

अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थोको अध्यक्षतामा शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

ज्यष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्य सम्पादन र अनुभवको मूल्याङकनका आधारमा ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको बढुवा समितिले जनाएको छ ।