तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य बुधवार ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।