नेपाली राष्ट्रिय यू-१६ टोलीका बलर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने रूप्से होलिडेजले घोषणा गरेको छ। मलेसियामा भएको एसिसी यू-१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य रावलको प्रशिक्षणका लागि नगद सहयोग गर्न लागेको ट्राभल एजेन्सी रूप्सेका सञ्चालक रमेश पराजुलीले सेतोपाटीलाई बताए। रावलले यसअघि सामाजिक सञ्जालमार्फत् आफूलाई आर्थिक सहयोग चाहिएको बताएका थिए। रावलले समाजिक […]
खेलकुद