मोरङको बेलबारीबाट प्रतिवन्धित लागुऔषध सहित ३ जना पक्राउ
बेलबारी । मोरङको बेलबारी नगरपालिका-१ बाट प्रतिवन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी-१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
सोही स्थानमा रहेका बेलबारी -४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राईको साथबाट NITRABET- ४२ चक्की र DIALEX-DC-३ बोतल समेत फेला पारेको प्रहरीले जनाएको छ । तीनै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

बिज्ञापन