
काठमाण्डौं। बालेन शाहले आफ्नो अभियान अझ शसक्त बनाउँदै गएका छन् । काठमाडौंको न्युरोडस्थित सुरज आर्केड लगायतका व्यवसायिक भवनको बेसमेन्टमा भएका पसलहरु खालि गराउन निर्देशन दिएर नगर प्रहरीको टोली फर्किएको छ।

न्युरोडको सुरज आर्केडमा रहेको बेसमेन्टमा राखिएका पसलहरु दिउँसो ४ बजेसम्ममा हटाउन निर्देशन दिइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।



उनले भने, दिउँसो ४ बजेसम्मका लागि समय माग्नुभएको छ, डोजर लगाएर भत्काउने हाम्रो उद्धेश्य होइन्। सकेसम्म समय दिनुपर्छ भन्नेमा नै छौं’ आज बिहान पाण्डेको नेतृत्वको टोली बेसमेन्ट खाली गराउन पुगेको थियो।

मेयर बालेनले काठमाण्डौंका नस्सा पास नगरि बनाइएका संरचना धमाधम हटाइरहेका छन् । उनले अनाधिकृत संरचनाहरु हटाएरै छाड्ने बताउँदै आएका छन्ु । उनको यो अभियानलाई नगरबासीहरुले पनि साथ दिएका छन् भने युवा पुस्ताले प्रसंसा गरेका छन् ।