
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित नागरिकता ऐन संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने दाबी गरेका छन् ।

कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले यस्तो दाबी गरेका हुन् ।
बिज्ञापन



नागरिकता पाउन नसकेका आमाबाबुका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने गृहमन्त्री खाणको जिकिर छ ।

वि. सं. २०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्धेश्यसहित विधेयक ल्याइएको उनले बताएका छन् ।
विधेयकको पक्षमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही दलहरुले नभएका कुरा प्रचार गरेको खाणको भनाई छ।