
कैलाली । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । मञ्चको शनिवार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शङ्कर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर विष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा बिराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन् ।
मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन् ।



खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना मन्तव्य व्यक्त गरे ।
बन्द सत्रमा मञ्चका महासचिव प्रदीप पाठकले साङ्गठनिक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५७० आयव्ययसहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।