चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ नेपालमा

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं पुगेका छन्।उनी आइतबार बिहान आठ सदस्यीय टोलीको नेतृत्व गर्दै चार्टर्ड जहाजमा काठमाडौं पुगेका हुन्। उनी नेपालमा चार दिन बस्ने कार्यक्रम छ।सो क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन्।

 आजै दिउँसो प्रधानमन्त्री देउवालाई भेट्ने उनले सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

बिज्ञापन