
र्याप ब्याटल टिभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट फिर्ता गरिएको छ । मुकुटको विषयमा विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन् । मुकुट फिर्ता गरिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए ।‘मुकुटको बिषयमा हामीलाई केही जानकारी थिएन ।

त्यसको बिषयमा जानकारी भएपछि हामीले गल्ती स्वीकार्दै फिर्ता गरेका हौ’ निर्देशक खड्काले भने । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै विरोध गरेपछि मुकुट विवादमा तानिएको थियो ।
बिज्ञापन



