आज यी नदीमा बाढीको जोखिम

काठमाडौं । केही दिनयताको वर्षाका कारण देशको अधिकांश भू–भाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले जनधनको क्षति भएको छ भने अझै वर्षा कायम रहेका कारण नदी तटिय क्षेत्रमा बाढीको र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।आज (शनिबार) विहान म्याग्दी, कास्की, पाल्पा, अर्घाखाँची, नवलपरासी ,गुल्मी आसपास धेरै स्थानमा भारी बर्षा मापन भएको छ । उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

स्थानीयबासी तथा यात्रुहरुले यात्रा गर्दा पहिरो र गेग्रान वहावको जोखिमको उच्चसम्भावना रहनेभन्दै महाशाखाले सूचना जारी गरी सचेत गराएको छ । मुख्य नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती लगायतमा जोखिम नभएको जनाएको छ । देशैभरका साना नदीहरुको जलाधारका केहि स–साना सहायक नदीमा क्षणिक मध्यम–भारी बर्षा भई बहाब बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान बाढी महाशाखाले गरेको छ।बाढीको क्षतिको पछिल्लो तथ्याङक हेर्दा ठुला नदीहरुले भन्दा पनि साना ठाडो खोलाबाट आउने बाढीले धेरै क्षति पुर्याउने गरेको पाइएको छ । महाशाखाले वर्षाको अवस्था र नदीमा बाढीको सतहको अवस्थालाई नियमित रुपमा मापन गर्दै आएको छ ।

बिज्ञापन