
काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर थाहा पाउन सङ्केत चिह्न तयार पारेको छ ।मेयर बालेन शाहका अनुसार महानगरले होटल, रेष्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका छन्।

महानगरले आइतबार सार्वजनिक सूचना गरेर उक्त आह्वान गरिसकेको थियो।महानगरले सार्वजनिक शौचालय चिन्न सजिलो बनाउनका लागि गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो रङले ‘सार्वजनिक शौचालय’ लेखिएको र बीच भागमा सेतो रङमा महिला र पुरुषको चिन्ह राख्दै सङ्केत चिह्न तयार पारेको छ। जसमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ पनि लेखिएको छ।
बिज्ञापन



