मधेस सरकारको अगामी नीति तथा कार्यक्रम स्वीकृत

जनकपुरधाम । मधेस सरकारले जेठ २२ गते सोमबार सार्वजनिक गर्ने भनिएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरिएको छ ।

मुख्यमन्त्री निवास मधेस भवनमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।स्वीकृत नीति तथा कार्यक्रम सोमबार दिउँसो ४ बजे प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने कार्यक्रम छ । सो बैठकमा आ–आफ्नो भेषभुषामा सहभागी हुन सा‌ंसदहरुलाई सभामुख सरोज कुमार यादवले आग्रह गरिसकेका छन् ।

बिज्ञापन