
काठमाडौं। सार्वजनिक सवारीको भाडा घटेको छ।

यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको हो।यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो।
बिज्ञापन



