
राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ । राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ ।

यी हुन् राप्रपाले जितेका स्थान :



१. नवलपरासीको रामग्राम नगरपालिका-९ को वडा अध्यक्षमा भोजबहादुर यादवसहितको प्यानल निर्वाचित

२. पाँचथरको फिदिम-४ मा उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित
३. धनुषा गणेशमान चारनाथ नगरपालिका-२ मा बेचूँ हमालको प्यानल विजयी
४. शंखरापुर नगरपालिका-३ मा सूर्य तामाङ विजयी
५. धादिङको रुबिभ्याली-४ को अध्यक्षमा प्रशान्त तामाङसहित प्यानल विजयी
६. नेपालगञ्ज उपमहानगरपालिका-८ वडा अध्यक्षमा रजनीश वाजपेयी (विवेक) प्यानलसहित विजयी
७. धादिङको खनियाबास-३ को वडा अध्यक्षमा कमानसिंह तामाङ प्यानल विजयी
८. सिद्धार्थनगर नगरपालिका-३ को वडा अध्यक्षमा नारायणप्रसाद उपाध्याय सापकोटा प्यानलसहित विजयी
९. सिद्धार्थनगर नगरपालिका-४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) प्यानलसहित विजयी
१०. धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ मा श्यामकुमार आले प्यानलसहित विजयी
११. लक्ष्मीनिया गाउँपालिका-३ को अध्यक्षमा तेजनारायण (हिरा) प्यानलसहित विजयी
१२. भद्रपुर नगरपालिका-३ को वडा अध्यक्षमा हेमबहादुर काकी प्यानलसहित विजयी
१३. झापाको हल्दिबारी गाउँपालिका-१ मा देवी थापा प्यानलसहित विजयी
१४. नेपालगन्ज उपमहानगर-२ को अध्यक्षमा मनोज श्रेष्ठ प्यानलसहित विजयी
१५. सर्लाहीको कौडेना गाउँपालिका-७ अध्यक्षमा कुमार यादव प्यानलसहित विजयी
१६. चितवनको माडी नगरपालिका-८ को वडा अध्यक्षमा वीरेन्द्र भण्डारी प्यानलसहित विजयी
१७. नवलपरासीको रामग्राम-३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी
१८. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी
१९. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ मा अध्यक्ष केशव खत्री प्यानलसहित विजयी
२०. कपिलवस्तुको कृष्णनगर-१ मा अध्यक्ष टुङ्गनाथ चौधरी प्यानलसहित विजयी
२१. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ मा अध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी
२२.रुपन्देहीको रोहिणी गाउँपालिका-१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित
२३. चितवनको माडी नगरपालिका वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित
२४. सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
२५. नवलपरासी, रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित
२६. डोटीको के.आई. सिंह गाउँपालिका वार्ड न. ७ को अध्यक्षमा दिलबहादुर बलायर प्यानलसहित विजयी
२७. बैतडीको सुर्नया गाउँपालिका वडा नं.२ मा गणेश बहादुर विष्ट प्यानलसहित विजयी
२८. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी
२९. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी
३०. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल प्यानलसहित विजयी
३१. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द प्यानलसहित विजयी
३२. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी
३३. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी
३४. सल्यानको कपुरकोट गाउँपालिकाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी
३५. चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानलसहित विजयी
३६. रुपन्देहीको देवदह नगरपालिकाको वडा नम्बर ११ मा वडा अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी
३७. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल प्यानलसहित विजयी
३८. शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाबाट वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित
३९. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं ५ मा हबिब मियाँ र सबै सदस्य निर्वाचित
४०. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट, वडा नं ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित
४१. नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित
४२. काभ्रेको धुलिखेल नगरपालिका -७ को वडा अध्यक्षमा रोमीप्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित
४३. झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका वीरबहादुर राजवंशी र प्यानल निर्वाचित ।
राप्रपाका २३० भन्दा बढी वडा सदस्यहरु निर्वाचित भइसकेका सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न पालिकासहित वडामा राप्रपाका उम्मेदवारले अग्रता लिइरहेका र परिणाम आउने क्रम जारी छ ।