रामेछाप : एमालेका कार्यकर्ताले कुटे काँग्रेस कार्यकर्ता

रामेछाप : नेपाली काँग्रेस रामेछापका कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्।

स्थानीय चुनावको अभियानमा रहेका रामेछाप नगरपालिका वडा नं ५ का काँग्रेस कार्यकर्ता दानबहादुर तामाङलाई एमाले कार्यकर्ताको समूहले गएराति कुटपिट गरेर घाइते बनाएको काँग्रेस नेता तीर्थ तामाङले जानकारी दिएका छन्।घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोलीलाई घटना स्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बिज्ञापन