
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन आसन्न स्थानीय चुनावको लागि धेरै अगाडि बढिसकेकाले अब भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो नरहेको दाबी गरेका छन् ।

आज भरतपुरमा हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न चितवन आइपुगेका अध्यक्ष प्रचण्डले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेललाई इङ्गित गर्दै उम्मेदवारी उठ्ने स्वतन्त्रता हरेक नेपालीलाई भएको बताए ।



उनले चुनावको फैसला भरतपुरका जनताले गर्ने बताए । उनले भने, ‘अब धेरै अन्य कुराको चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो एकतामा अगाडि बढ्नु नै उचित हुन्छ, भरतपुरमा चुनाव जित्न केही पनि अप्ठ्यारो हुन्छ लागेको छैन ।’

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवारमा छन् ।
सभालाई अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम