कोरोना अपडेटः निको हुने भन्दा संक्रमित बढी

काठमाडौं — थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९४ नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

त्यस्तै, मंगलबार २३ जना निको भएका छन् । हालसम्म ९८.८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

हाल देशभर २१७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय नयाँ संक्रमित भन्दा निको हुने संख्या बढी थियो । तर, पछिल्लो २४ घण्टामा निको हुने भन्दा थपिएका संक्रमितको संख्या बढी रहेको मन्त्रालयले जनाएको छ ।