वडाध्यक्षले विद्यालयलाई दिए ५ वर्षको १५ लाख तलब

बझाङ – पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर बिष्टले आफ्नो ५ वर्षको तलब एक विद्यालयलाई दिएका छन् ।

शुक्रवार एक कार्यक्रमकाबीच बिष्टले आफ्नो ५ वर्षको तलब सत्यवादी उच्च माविका विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिएका हुन् ।

बिज्ञापन

उनेले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी उच्च माविलाई उपलब्ध गराउने बताएका थिए ।

वडाध्यक्ष बिष्टले आफ्नो तलब, भत्ता र थप २ लाख गरी १५ लाख दिएका हुन् ।